काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा उपसभापति र महामन्त्री पदको गणना भइरहेको हो।
पछिल्लो विवरणअनुसार उदयशमशेर राणाले अग्रता बनाएका छन्। गए रातिदेखि नै दोस्रो स्थानमा रहेका अम्मरसिंह पुनलाई पछाडि पार्दै राणा दोस्रो स्थानमा उक्लिएका हुन्।
पछिल्लो परिणामअनुसार राणाले ८२३ मत प्राप्त गरेका छन्। यस्तै पुनले ७०७ मत पुर्याएका छन्।
पहिलो स्थानमा भने प्रदीप पौडेल छन्। उनले १ हजार ४३८ मत पाएका छन्। यस्तै सुनिल शर्माले ५५६ मत प्राप्त गरेका छन्।
कांग्रेस विधानअनुसार खुलातर्फ दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ।
विज्ञापन : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा उपसभापति र महामन्त्री पदको गणना भइरहेको हो।