काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो ।
मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोप अर्यालमाथि लागेको छ । यसै प्रकरणमा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।
‘पूर्वमुख्यसचिव अर्याल भारतबाट पक्राउ पर्नुभएको हो भन्ने आएको छ । थप विवरण सार्वजनिक हुँदै जाला,’ गृह मन्त्रालयका उच्च स्रोतले जनाएको छ ।
मलेसिया प्रकरणमा प्रहरीले यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरलाई पनि पक्राउ गरिसकेको छ । उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।
