अनलाइन ठगीको शिकार भएका एक युवकले आत्महत्याको बाटो रोजेका छन् ।
चार दिनमा १३ लाख रुपैयाँ भन्दा बढी गुमाएपछि कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय योगेश ठगुन्नाले यस्तो कदम लिएका हुन् ।
बुधवार बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएका योगेशको मृत्युले उनको परिवार गहिरो शोकमा डुबेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीका अनुसार घटनास्थलमा फेला परेको सुसाइड नोटमा योगेशले आफू अनलाइन ठगीको शिकार भएको खुलासा गरेका छन् ।
