• Tuesday 6th of October 2026

बायर्न म्युनिखमाथि बार्सिलोनाको शानदार जित


  • धनकुटा खबर
  • .

एजेन्सी – बार्सिलोनाले बायर्न म्युनिखमाथि शानदार जित हासिल गरेको छ ।

युइएफए च्याम्पियन्स लिग अन्तर्गतको गएराती सम्पन्न खेलमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रफिन्हाले ह्याट्रिक गरेका थिए भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए ।

त्यस्तै बायर्न म्युनिखका लागि एक गोल ह्यारी केनले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको च्याम्पियन्स लिगमा ३ खेलमा ६ अंक भएको छ र लिगमा १०औँ स्थानमा रहेको छ । त्यस्तै बायर्न म्युनिखको ३ खेलमा ३ अंक रहेको छ र लिगमा २३औ स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖