काठमाडौं । लगातार बढेर रेकर्ड ब्रेक गरिरहेको सुनको भाउमा आज गिरावट आएको छ । उक्त दिन सुनको भाउ ७०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँ कायम थियो । यो हालसम्मकै उच्च मूल्य हो । आज चाँदीको मूल्य ४० रुपैंयाले घटेको छ ।
उक्त दिन चाँदी प्रतितोला २ हजार ०९५ रुपैयाँमा कारोबार भईरहेको छ ।
