हिजो चोरी भएको ट्याक्टर टुक्रा टुक्रा अवस्थामा फेला परेको छ ।
प्रतापपुर गाउँपालिका वार्ड नं ०२ गोपीगन्जबाट चोरी भएको लु ३ त ७०३३ नम्बरको हरियो रंगको ट्याक्टर आज रामग्राम ९ करमैनीमा ( विद्यालयको पछाडि) ट्याक्टरको सबै पार्ट टुक्रा टुक्रा अवस्थामा फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।