• Tuesday 6th of October 2026

साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने


  • धनकुटा खबर
  • .

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रङ्गशाला जाने भएका छन्।

साँझ ६ः३० बजेबाट सुरु हुने नेपाल र बङ्गलादेशबीचको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री ओली पनि जाने उनको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले उपाधि विजेतालाई पुरस्कार पनि वितरण गर्नेछन्।

सातौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँच पटक फाइनलमा पुगेको छ। तर, उपाधि भने हालसम्म पनि उचाल्न सकेको छैन। त्यसकारण आजको खेलमा उपाधि जित्ने लक्ष्यसहित नेपाल मैदान उत्रनेछ।

नेपालले सेमिफाइनलमा भारत र बङ्गलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖