• Monday 5th of October 2026

धेरै रिसाउने बानीले घटाउँछ तपाईँको आयु


  • धनकुटा खबर
  • .

रिसले आफैलाई खान्छ भनेको त हामीले सुनिरहेका हुन्छौ । रिसको प्रभाव अरूलाई परोस् वा नपरोस्, तर रिसाउने व्यक्तिलाई भने अवश्य पर्छ ।

त्यसैले भनिन्छ, क्रोध अर्थात् रिस मानिसको सबैभन्दा ठूलो शत्रु हो । रिसकै कारण कयौँ सम्बन्धहरू टुटेका उदाहरण पनि छन् । यसकारण रिसलाई नियन्त्रणमा राख्न आवश्यक छ ।

रिसले सामाजिक तथा पारिवारिक सम्बन्धमा त असर पर्छ नै, हाम्रो स्वास्थ्यमा पनि नराम्रो प्रभाव पर्छ । आज हामीले रिसाउँदा मानिसको शरीरमा पर्ने असरका बारेमा जानकारी गराउँछौँ ।

–रिसाउँदा मानिसको मस्तिष्कमा यस्तो रासायनिक तत्त्व बन्दछ, जसले शरीर तथा मस्तिष्कमा असर पार्छ ।

–आँखा रातो हुन्छ, अनि मुटुमा पनि जलन पैदा हुन्छ ।

–ब्लड प्रेसर एक्कासि उच्च हुन्छ ।

–आक्रामक भावना उत्पन्न हुन्छ ।

–सोच–विचारको शक्ति कमजोर हुन्छ ।

–तनाव बढ्छ ।

–लगातार रिसाउँदा पाचन प्रणालीमा नराम्रो असर पर्छ । पाचनतन्त्र कमजोर हुन्छ, जसका कारण एसिडिटी, कब्जियत, भोक नलाग्नेजस्ता समस्याहरू देखिन थाल्छन् ।

–साथसाथै अत्यधिक रिसाउने बानिले निद्रा हराउन थाल्छ, यसले तपाईँको आयु घटाउँछ भने जवानीमै बुढो देखिन थाल्नुहुन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖