काठमाडौ । आज राति चार प्रदेशका पहाडी भेगमा पानी पर्ने सम्भावना देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज राति पनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक÷दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
