काठमाडौं । नेकपा एमालेबाट कीर्तिपुर नगरपालिकाको नगर प्रमुख(मेयर) पदको उम्मेदवारमा सुरेन्द्र मानन्धरलाई सिफारिस गरिएको छ ।
आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि नेकपा एमाले कीर्तिपुर नगरपालिका कमिटीले मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको हो।
२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका राजकुमार नकर्मी कीर्तिपुर नगरपालिका मेयर निर्वाचित भएका थिए। गत साउन महिनामा उनको निधन भएपछि यस ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ध्रुव महर्जनलाई मेयरको उम्मेदवार बनाइसकेको छ ।
