• Sunday 29th of November 2026

१० दिने शिशु झाडीमा फाल्ने आमा प्रहरी फन्दामा


  • धनकुटा खबर
  • .

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा झाडीमा १० दिने शिशु फाल्ने आमा प्रहरी फन्दामा परेकी छन् । झापाको अर्जुनधारा नगरपालिका–६ घर भई हाल काठमाडौँ बस्दै आएकी २८ वर्षीया मेनुका धिताललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धिताललाई प्रहरीले दिदीको घरबाटै नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार उनले थाहा नगरपालिका धारापानीस्थित दिदीको घरमा आएको बेला आफ्नो १० दिने शिशु (बालक)लाई झाडीमा फालेको स्वीकार गरेकी छन् ।

गत मंगलबार साँझ झाडीबाट शिशु रोएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट शिशुको उद्धार गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖