• Wednesday 7th of October 2026

‘पूर्णबहादुरको सारंगी’ले एकैदिन कमायो ३ करोड ८९ लाख


  • धनकुटा खबर
  • .

‘पूर्णबहादुरको सारंगी’ले एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान पनि रचेको छ।

प्रदर्शनको दसौँ दिन शनिबार फिल्मले ३ करोड ८९ लाख ग्रस कमाएको हो।

१० दिनमा १७ करोड ९८ लाख ग्रस कलेक्सन गरेको छ।

यस फिल्ममा विजय बरालसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ।

सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुती रहेको यो फिल्म एक करोड ३० लाखमा बनेको हो।

रिलिजअगावै चर्चामा रहेको सारंगी बजाउने व्यक्तिमा आधारित यस फिल्ममा बाबुछोराको कथा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖