• Tuesday 6th of October 2026

‘डोरी’ मा अनुबन्धित भइन् अञ्जना बराइली


  • धनकुटा खबर
  • .

अभिनेत्री अञ्जना बराइली फिल्म ‘डोरी’ मा अनुबन्धित भएकी छन्।
उनले यो फिल्ममा प्रमुख भूमिकामा अभिनय गर्ने निर्देशक अरूण लामाले बताए।

अञ्जनाले प्रमुख भूमिकामा अभिनय गरेको पहिलो फिल्म ‘महापुरुष’, दोस्रो फिल्म ‘पुजार सार्की’ पछि अहिले ‘पूर्णबहादुरको सारंगी’ बाट उनले तारिफ पाइरहेकी छिन्।

मंसिर दोस्रो साता फ्लोरमा जाने तयारीमा रहेको ‘डोरी’ मा अञ्जनासँगै अभिनेता प्रकाश घिमिरे पनि अनुबन्धित भएका छन्।

जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्ममा यसअघि कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, कविता आले लगायत कलाकारहरू जोडिइसकेका छन्।

हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन्।

‘डोरी’ को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको संघर्षशील युवाको वरिपरि घुम्ने निर्देशक लामाले जनाए। उनका अनुसार फिल्ममा हाँसो, त्रास र असफलतासहितको संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ।

फिल्मको लेखन पनि अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन्। यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाइएको छ भने कार्यकारी निर्माता राज थापा छन्। संगीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन्।

‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज हुने जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖