• Sunday 29th of November 2026

तनहुँमा दुई बस ठोकियो, कम्तीमा २५ जना घाइते


  • धनकुटा खबर
  • .

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिकामा दुई यात्रुवाहक बस एक आपसमा ठोकिँदा कम्तीमा २५ जना घाइते भएका छन्।

आइतबार दिउँसो करिब ४ बजेतिर गाउँपालिका ५ अन्तर्गत पर्ने नयाँ पुल गोरेचौतारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

उनका अनुसार गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस एक आपसमा ठक्कर खाँदा कम्तीमा २५ जना घाइते भएका छन्।

घटनाबारे विस्तृत आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ।-नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖