काठमाडौँ, मंसिर ३ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान बनाएको छ ।
‘पूर्णबहादुरको सारङ्गी’ ले यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको कीर्तिमान तोडेको हो ।
फिल्मका निर्माता विनोद पौडेलले फिल्मले शनिबारसम्म ३४ करोड ३६ लाख कमाइ गरेको छ । यो नेपाल भित्र गरेको कमाई हो ।
