झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
मुख्यमन्त्री कार्कीको झापाको गौरादह नगरपालिका–३ डिपु चोकमा रहेको घरअगाडि शंकास्पद वस्तु फेला परेको हो ।
कार्कीको घर अगाडि बोरामा शंकास्पद वस्तु राखिएको पाइएपछि अहिले सेनाको डिस्पोजल टोली र प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । -ratopati
