• Tuesday 6th of October 2026

आजदेखि एनपीएल सुरु, जनकपुर बोट्ल्स र विराटनगर किङ्स भिड्ने


  • धनकुटा खबर
  • .

नेपाल प्रिमियर लिग (एनपीएल)फ्रेन्चाइज क्रिकेट प्रतियोगिता शनिबार (आज) देखि सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार उद्घाटन खेलमा जनकपुर बोट्ल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रने छन्।

जनकपुरका कप्तान अनिल शाहले राम्रो प्रदर्शन गर्दै विराटनगरविरूद्ध जित निकाल्ने विश्वास व्यक्त गरेका छन्। त्यस्तै, विराटनगरका कप्तान सन्दीप लामिछाने पनि आफ्नो टोलीको तयारी राम्रो भएको भन्दै जीतको लक्ष्यमा भएको दाबी गर्छन्। त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२:१५ बजेदेखि खेल सुरु हुने छ।

नेपाल प्रिमियर लिग औएनपीएलओमा सहभागी आठ टोलीमध्ये जनकपुर बोट्ल्सले मात्र मार्की नरहेको खेलाडीलाई कप्तानको जिम्मेवारी दिएको छ। बाँकी सात टोलीले भने मार्की खेलाडीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ।

जसमा मार्की खेलाडी विराटनगर किङ्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी, चितवन राइनोजका कुशल मल्ल, काठमाडौँ गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ।

त्यस्तै जनकपुरको मार्की खेलाडी भने आशिफ शेख छन्। जनकपुरका कप्तान अनिल शाहले आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖