• Tuesday 6th of October 2026

दुई हारपछि पोखराले दर्ता गर्‍यो १० विकेटको जित, गौसको शतक


  • धनकुटा खबर
  • .

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो ।

एनपीएलमा पोखराको यो पहिलो जित हो भने लुम्बिनी लायन्सको लगातार दोस्रो हार हो ।

लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा विनाविकेटको क्षतिमा पूरा गर्यो । पोखराका लागि एन्ड्रिज गौसले शतकीय तथा दिपेश खरेलले अर्धशतकीय पारी खेले ।

गौसले १०४ रन बनाए । सो क्रममा उनले १२ चौका र ५ छक्का प्रहार गरे । दीपेशले ६१ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ थालेको लुम्बिनीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रन बनाए । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । टम मुर्सले ४५ रन बनाए । त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरे ।

ओपनरद्वय आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमै आउट भएपछि रोहित र मुर्स क्रिजमा आएका थिए । उनीहरुले शतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए ।

यस्तै, सन्दीप जोराले १८ रन बनाए ।

पोखरा एभेन्जर्सका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलेले १ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖