• Tuesday 6th of October 2026

लुम्बिनी लायन्सविरुद्ध सैफ जैबको अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका सैफ जैबले अर्धशतक प्रहार गरेका छन् ।

सैफले ३९ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे ।

एनपीएलमा यो उनको पहिलो अर्धशतक हो । यसअघि, उनी काठमाडौं गुर्खाजविरुद्ध ११ र विराटनगर किंग्सविरुद्ध १४ रनमा आउट भएका थिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिले बलिङ रोजेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖