• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

सरकारको काम सन्तोषजनक छैन :कांग्रेसका सांसद, नेता निधि


  • धनकुटा खबर
  • .

जनकपुर । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले वर्तमान सरकारको काम, कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले सरकारप्रति असन्तुष्टि पोखेका हुन् ।

उनले आफू अहिलेको सरकारले गरेको काम, कारबाहीबाट सन्तुष्ट नरहेका बताए । अहिलेको सरकारबाट आफूले धेरै कामको आशा पनि नगरेको बताए । उनले धेरै आशा गर्दा काम कम हुने र रिस उठ्ने भन्दै धरै कामको अपेक्षा नै नराखेको उल्लेख गरे ।

वर्तमान सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमानदारितापूर्वक सत्ता हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । सत्ता हस्तान्तरणमा विवाद आउनु नहुनेमा उनले जोड दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖