काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले १० ओभरमा ४५ रन बनाएको छ। टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १० ओभरमा ४ विकेट गुमाउँदै ४५ रन बनाएको हो।
यसअघि पावरप्लेमा दुई ओपनरलाई गुमाउँदै २४ रन बनाएको थियो। जनकपुरले पहिलो विकेटका रुपमा ४.३ मा ओपनर लाहिरु मिलान्था विकेट किपर राजु रिजालबाट क्याच आउट भए। उनले २० बलमा २ चौकासहित १६ रन बनाए।
दोस्रो विकेटका रूपमा ओपनर आसिफ शेख ९ बलमा जम्मा २ रन बनाउँदै गेरहार्ड इरास्मासको हातमा टियू एण्डमा क्याच भए। तेस्रो विकेट जनकपुरका कप्तान अनिल साहको रह्यो। उनलाई काठमाडौंका स्पिनर दिपेश कँडेलले एलबीडब्ल्यु आउट गरे। उनी ८.२ ओभरमा ११ रन बनाउँदै बाहिरिए।
चौथो विकेट साहब आलमले शुम कन्साकरको लिए। उनले ७ बलमा १ चौकासहित ५ रन बनाएका थिए। उनी दिपेश कँडेलको हातमा क्याच भए। क्रिजमा जेम्स निशाम १ र हर्ष थाकर ८ रनमा खेलिरहेका छन्।
