• Tuesday 6th of October 2026

चौका रोक्ने क्रममा यसरी भए नरेन साउद घाइते, सुदूरपश्चिम रोयल्सलाई झट्का


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) को सोमबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सका महत्त्वपूर्ण खेलाडी नरेन साउद घाइते भएका छन् ।

सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि खेलको क्रममा साउद घाइते भएका हुन् ।

सुदूरपश्चिम र कर्णाली याक्सबीच भइरहेको खेलका क्रममा सीमामा बल रोक्ने प्रयास गर्दा विज्ञापन बोर्डसँग ठोक्किएर साउदले घाइते भएको बुझिएको छ । सीमा लाइनमा ठूलो जोसका साथ दौडिँदै बाउन्ड्री बचाउन प्रयास गरेपछि साउद विज्ञापन बोर्डमा ठोक्किएर मैदानमा लडेका थिए ।

घटनापश्चात् उनलाई तत्कालै उपचारका लागि मैदानबाट बाहिर लगिएको छ । हाल उनको उपचार भइरहेको जानकारी प्राप्त भएको छ । खेलाडी साउदको स्वास्थ्य अवस्थाबारे थप विवरण भने आइसकेको छैन ।

घटनापछि सुदूरपश्चिम रोयल्सले सुरक्षाबारे उचित कदम चाल्नुपर्ने आवाज उठिरहेको छ । बाउन्ड्री नजिकै रहेका विज्ञापन बोर्डहरूले खेलाडीहरूको सुरक्षामा बाधा पुर्‍याउने अवस्थामा रहेको यस घटनाले प्रस्ट पारेको छ ।

खेलमा सुदूरपश्चिमले पहिले बलिङ गर्दै कर्णाली याक्सलाई न्यून स्कोरमा सीमित गर्न प्रयासरत छ । तर, नरेन साउदजस्तो प्रभावकारी खेलाडीको अनुपस्थितिले टोलीको खेल क्षमतामा प्रभाव पार्न सक्ने आङ्कलन गरिएको छ ।

घटनापछि खेल प्रेमी र समर्थकले नरेन साउदको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । एनपीएल आयोजकलाई यस्ता घटना पुनः घट्न नदिन सुरक्षाको दृष्टिकोणले सुधार गर्नुपर्ने सुझाव दिन थालिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖