काठमाडौँ । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ बाट उम्मेदवार बनेका युवा नेता प्रसन्न अर्यालसहित करिब एक दर्जन युवा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
अर्यालसहितको युवाहरूको टिम शुक्रवार एमाले प्रवेश गरेका हुन् ।
उनीहरूलाई एमाले महासचिव शङ्कर पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।
