• Tuesday 6th of October 2026

प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान


  • धनकुटा खबर
  • .

काठमाडौं – इंग्लिस प्रिमियर लिगको साबिक बिजेता क्लब म्यानचेस्टर सिटीले अर्को हारको कीर्तिमान लेखाएको छ।

जारी सिजनको प्रिमियर लिग चलिरहँदा हारको कीर्तिमान रचेको सिटी शनिबार राति एस्टन भिल्लासँग हारेको हो।

१७ खेलमा नवौं पटक पराजित हुँदा भिल्लाले सिटीलाई २-१ गोलले हरायो।

खेलको १६ मिनेटमै भिल्लाले सिटीलाई गोल हानेको थियो। भिल्लाका डुरानको गोलबाट अग्रता लिएको भिल्लाका लागि अर्को गोल रोगेर्सले ६५ मिनेटमा थपेका थिए।

सिटीका फोडेनले खेलको इन्ज्युरी समयमा गोल गरे पनि हार टार्न सिटीले सकेन।

यो जितसँग भिल्ला १७ खेलमा २८ अंकसहित लिगको पाँचौं स्थानमा छ। सिटी समान खेलमा २७ अंकसहित छैटौं स्थानमा छ।

लिगको तेस्रो स्थानमा रहेको आर्सनलले शनिबार राति नै क्रिस्टल प्यालेसलाई ५-१ गोलले पराजित गरेको छ।

अरू खेलमा न्युक्यासलले इप्स्वीचलाई र नटांघटम फरेस्टले ब्रेनफोर्डलाई पराजित गरेको छ।

वेस्टह्याम र ब्राइटन १-१ गोल बराबरीमा रोकिएका छन्।  

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖