• Tuesday 3rd of November 2026

सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनपुत्र दीपेश पनि प्रतिवादी


  • धनकुटा खबर
  • .

काठमाडौं । पोखराको सूर्यदर्शनल गायतका सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

आइतबार जिल्ला अदालत कास्कीमा दीपेशसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

दीपेशलाई फरार प्रतिवादी बनाईएको कास्की अदालत स्रोतले जनाएको छ ।

पूर्व उपराष्ट्रपति पुत्र रहेका दीपेश प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका निवर्तमान महासचिवसमेत हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖