• Tuesday 3rd of November 2026

रवि लगायत विरुद्ध दायर गरिएको अभियोगपत्र ४२७ पृष्ठ लामो


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर भएको अभियोगपत्र ४२७ पृष्ठ लामो भएको पाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार कास्की जिल्ला अदालतमा दायर गरेको अभियोगपत्र ४२७ पृष्ठ लामो भएको हो ।

प्राप्त अभियोगपत्रअनुसार लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

कास्कीको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको पूरक अनुसन्धानपछि आइतबार मुद्दा दायर भएको हो ।

सरकारी वकिल कार्यालयका अनुसार हिनामिना एवं अपचलन भएको बिगो मध्ये मूल अभियोग पत्रमा खुलाइएको १०३५ जना बचत कर्ताहरूको जम्मा बिगो एक अरब ११ करोड ४० लाख ४५ हजार ३५ रुपैयाँ सत्र पैसा रहेको छ । यस्तै कुल बिगो १ अर्ब ५१ करोड रहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖