• Tuesday 3rd of November 2026

ओलीलाई ‘विप्लव’को प्रश्न – तपाईलाई कुर्सी कसले पहिराइदियो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्ध शब्दप्रति न्यायालयले गरेको टिप्पणीमा आपत्ति जनाएका छन् । सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश दिएको थियो ।

त्यसप्रति आपत्ति जनाउँदै विप्लवले प्रश्न गरेका छन्, ‘सत्ताको मालिक पुग्ने ठाउँमा कसले पुर्‍यायो ? महिलालाई बन्दुक कसले बोकायो रु कमाण्डर कसले बनायो ? नेतृ कसले बनायो ? कसरी लेख्न सकेको ? न्यायालयले के लेख्न खोजेको हो ?’

उनले ओलीलाई प्रश्न गर्दै देशको व्यवस्था परिवर्तनमा जनयुद्धले गरेको भूमिकाको चर्चा गरे ।

‘अब त मान्छेहरूलाई आश्चर्य लाग्न पनि लाग्दैन । संसददेखी न्यायालयसम्म, ब्युरोक्रेटदेखि आसेपासेसम्म एउटा बहस चलिरहेको छ, यो जनयुद्ध नभए के हो त ? ओलीजीलाई पनि सोध्नुपर्ने छ, के हो यो ?,’ उनले भनेका छन्, ‘उसो भए, प्रकाश सपुतले लेखेको गीतको याद आउँछ, फूलमाया, तिमिलाई झुम्काना कसले किन्दियो ? रातो स्कुटर कसले किन्दियो ? हैन ? केपीजीलाई सोध्नुपर्ने भएको छ, तपाईँलाई ताज कसले बनाइदियो ? कुर्सी कसले पहिराइदियो ? तपाईँलाई राज कसले बनाइदियो ? तपाईँ बसेको ठाउँ कसले बनायो ?’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖