• Tuesday 3rd of November 2026

सकियो रवि लामिछानेको बयान


  • धनकुटा खबर
  • .

काठमाडौं, १२ पुष । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ ।

हिजोबाट सुरु भएको बयान आज सकिएको हो । लामिछानेको बयान लगातार दुई दिन लिईएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा उनको बयान भएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राईको इजलाशले छविलाल जोशी र लिला पछाईंको बयान लिएको हो ।

अरू प्रतिवादीको पनि बयान लिने काम सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖