• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना


  • धनकुटा खबर
  • .

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यले जानकारी दिएका छन्। बीबीसीका अनुसार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको हो, जसमा करिब १८१ जना सवार थिए।

अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको अनुमान गरिएको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार, सामाजिक सञ्जालमा तस्बिर भाइरल भइरहेको छ जहाँ धुवाँ निस्किएको देख्न सकिन्छ।

यस घटनामा कति जनाको ज्यान गएको छ भन्ने यकिन भएको छैन। यद्यपि, समाचार एजेन्सी एएफपीले यस घटनामा करिब २३ जनाको मृत्यु वा घाइते भएको भनेको छ। चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार १७५ यात्रु र ६ चालक दलका सदस्य सवार थिए।

समाचार एजेन्सी योनहापका अनुसार, दुर्घटनाको कारण चरासँग विमान ठोक्किएको देखिन्छ। योनहापले फायर डिपार्टमेन्टलाई उद्धृत गर्दै विमानको पछाडि भागबाट यात्रुहरूलाई बाहिर निकालेको भनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖