• Tuesday 3rd of November 2026

डीआईजी कडायत र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

कडायत प्रहरी प्रधान कार्यालयमा कार्यरत् थिए भने केसी प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत् थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖