काठमाडौँ । चर्चित डान्सर समूह ‘द कार्टुन्ज क्रु’ले आफ्नो वेब–सिरिज ‘द लास्ट ट्रिपः अन्तिम यात्रा’ युट्युबबाट हटाएको छ । छायांकन भएको क्षेत्रका व्यक्तिहरूको विरोधपछि सिरिज युट्युबबाट हटाइएको हो ।
सिरिजका लेखक तथा निर्देशक सरोज अधिकारीले एक भिडियो सन्देश जारी गर्दै दृश्य र संवादले पर्न गएको असरप्रति माफी मागेका छन् ।
‘अगाडि देखिनै एडन्ट नै भनेर सिरिज प्रचार गरिरहेको थियाँै । धेरै अडियन्सलाई त्यो कुरो मन परेन’, उनले अगाडि भनेका छन् ‘अडियन्सलाई मन नपरी नपरी राखिराख्नु राम्रो होइन ।’
कार्टुन्ज क्रुले युवापुस्तालाई लक्षित गरेर जम्बीससम्बन्धि सिरिजको प्रसारण सुरु गरेको थियो । यसको पहिलो एपिसोडलाई नै लिएर कतिपयले आलोचना गरेपछि हटाइएको हो ।
