निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको अंशमुद्दा अब टुंगिएको छ।
छविले शिल्पालाई काठमाडौंको गौरीघाटमा रहेको चार करोड मूल्यको घर दिने सहमति गरेका छन्। श्रीमतीलाई घर सुम्पिएपछि छवि अहिले डेरामा बस्दै आएको स्रोतले बताएको छ ।
श्रीमतीसँगको अंशमुद्दा टुंगिएपछि उनी फेरि चलचित्रमा कमब्याक गर्न लागेका छन् । उनले ‘मंगलम २’ नामक चलचित्रको घोषणा गरिसकेका छन् ।
