काठमाडौँ । अखिल क्रान्तिकारीको निर्वाचन अन्तर्गतको मतगणना सुरु भएको छ । सोही क्रममा लुम्बिनी प्रदेशको पछिल्ला मतपरिणाम सार्वजनिक भएको छ ।
लुम्बिनीमा १०० मत गन्दा अध्यक्षका उम्मेदवारहरु हेमन्त राईले २५, विजय सापकोटाले ५२ र सुदिन पौडेलले १३ मत प्राप्त गरेका छन् ।
त्यस्तै अर्का अध्यक्षका उम्मेदवार उपदेश यादवले ३ र योगेन्द्र बुढाले १ मत ल्याएका छन् ।
लुम्बिनीमा जम्मा १९४ मत खसेको थियो । अब गन्न बाँकी ९४ मत रहेको छ ।
