• Monday 2nd of November 2026

रविले आजै बैंक ज्ञारेन्टीमार्फत १ करोड धरौटी बुझाउने


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बुझाउने तयारी गरेका छन् । आजै बैंक ज्ञारेन्टीमार्फत धरौटी बुझाउने तयारी भइरहेको कार्यबाहक प्रवक्ता प्रतिभा रावलले अनलाइनखबरलाई जानकारी दिइन् ।

‘हामी धरौटी बुझाउने प्रक्रियामा छौं,’ रावलले भनिन्, ‘आजै बैंक ज्ञारेन्टीमार्फत् बुझाउँदैछौं ।’

बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ ।

गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आज न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖