• Tuesday 6th of October 2026

एकाबिहानै बस दुर्घटना, १४ जना घाइते


  • धनकुटा खबर
  • .

दाङ – दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएकाे हाे ।

बस सडकबाट खसेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते भएकाहरुकाे लमही अस्पतालमा उपचार भइरहेकाे छ ।

बस चालक रामेछाप सुनापति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले पक्राउ गरेकाे छ ।

बसमा १६ जना यात्रु रहेकामध्ये दुई जनाकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । -हेमराज शर्मा/उज्यालो

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖