• Tuesday 6th of October 2026

एकै परिवारका ६ जनाको हत्या


  • धनकुटा खबर
  • .

भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

प्रदेशको देवरिया जिल्लास्थित रुद्रपुरनजिकै आज (सोमबार) बिहान एकै परिवारका ६ जनाको हत्या भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जिल्लाको फतेहपुर गाउँमा जग्गा विवादमा एकै परिवारका ६ जनाको हत्या गरिएको दैनिक जागरणले जनाएको छ । समाचारमा जनाइएअनुसार उक्त परिवारको गाउँकै एक व्यक्तिसँग लामो समयदेखि जग्गा विवाद थियो ।

आज बिहान उनीहरूबिच पुनः विवाद भएको थियो । विवाद बढ्दै गएपछि दुई पक्षबिच कुटाकुट भएको थियो । जसमा गोलीसमेत चलेको समाचारमा उल्लेख छ । गोली लागेर एकै परिवारका ६ जनाको ज्यान गएको हो ।

एकै परिवारका ६ जनाको हत्या भएपछि गाउँमा सन्नाटा छाएको छ । अहिले बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖