• Tuesday 6th of October 2026

एमाले कर्णाली अधिवेशनः गुलाबजंग शाहले लिए सुरूआती अग्रता


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) को कर्णाली प्रदेशको मतगणनामा गुलाबजंग शाहले सुरूआती अग्रता लिएका छन्।

पहिलो चरणमा १०० मत गनेर सकिएको छ। १०० मत गन्दा अध्यक्षका उम्मेदवार गुलाबजंग शाहले ५२ मत पाएका छन्।

अर्का उम्मेदवार मिनबहादुर शाहीले ३५ मत पाएका छन् भने प्रकाश रोकायाले २ मत ल्याएका छन्।

एमाले कर्णालीको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार निर्वाचन भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖