• Sunday 1st of November 2026

सधैँ एमालेको गुणगान गाएर कांग्रेसको हित हुँदैन :शेखर कोइराला


  • धनकुटा खबर
  • .

वीरेन्द्रनगर, ८ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सधैं एमालेको गुणगाना गाएर कांग्रेसको भलो र हित नहुने टिप्पणी गरेका छन् । उनले एमाले कांग्रेसको प्रतिष्पर्धी भएकोले सधैं एमालेको गुणगान गाएर पार्टीको हित नहुने बताएका हुन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हाम्रो प्रतिस्पर्धी एमाले हो। सधैँ एमालेको गुणगान गाएर पार्टीको हित हुँदैन। आगामी निर्वाचनहरूमा पनि हाम्रो प्रतिस्पर्धा एमालेसँग हो ।’

सो क्रममा उनले संसद् छलेर अध्यादेश ल्याउनु र सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु गलत भएको टिप्पणी गरे । कोइरालाले भने, ‘सरकारले अध्यादेश ल्याएको छ। अध्यादेशको कन्सेप्ट क्लियर हुनुपर्छ। सरकारले कामै गर्न नसक्ने बाध्यकारी अवस्थामा अध्यादेश ल्याउनुपर्छ। त्यसैका लागि हामीले संविधानमा अध्यादेशको व्यवस्था गरेको हो। तर, अहिलेको अवस्था त्यस्तो होइन। सबै कानुनहरू अध्यादेशबाट ल्याउँदा त्यो लोकतान्त्रिक चरित्र भएन। विगतमा पनि अध्यादेश सरकारले ल्याउँदा नेपाली कांग्रेसले विरोध गरेको थियो। उति बेला बेठीक अहिले ठीक कसरी हुन्छ ?”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖