• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वी योर्कशायर तटमा एक मालवाहक पानी जहाज तेल ट्याङ्करसँग ठोकिंदा भयानक दुर्घटना भएको छ । जहाँ ३६ जनाको उद्धार गरिएको छ ।

अधिकारीहरुका अनुसार मालवाहक जहाजले विषालु रसायन सोडियम साइनाइड भरिएको १५ वटा कन्टेनर बोकिरहेको थियो । उक्त जहाजमा अमेरिकी सेनाका लागि जेट इन्धन लिएर हिँडेको ट्याङ्कर ठोकिएको अधिकारीहरुको हवाला दिंदै बीबीसीले उल्लेख गरेको छ ।

जहाज र ट्याङकर ठोकिएपछि आगलागी भएका दृष्यहरु कैद भएका छन् । उद्धार गरिएकाहरु मध्ये केहीलाई अस्पताल भर्ना गरिएको बताइएको छ । तेल जब पानीमा तैरिन्छ तब तुरुन्त कारबाही गर्न महत्वपूर्ण मानिन्छ । र, ब्रिडलिंगन, मेबलथोरपे र स्केग्नेसका टोलीले जहाजमा सवार व्यक्तिहरुलाई बचाउन सहायता गरेका बीबीसीले जनाएको छ ।

आगलागीपछि एक जना बेपत्ता भएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖