• Saturday 31st of October 2026

वामपन्थी मिलाउने सुपरग्लु संसारको कुनै कम्पनीले बनाउन सकेन :गोकुल बास्कोटा


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) का नेता गोकुलप्रसाद बास्कोताले वर्तमान समयमा वामपन्थी मिल्न नसकेको भन्दै व्यंग्य गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो व्यंग्य गरेका हुन्। बास्कोटाले पश्चगामी राजावादी एक हुने कुरा सुनिएको बताउँदै जन्मजात अग्रगामी वामपन्थी मिल्न नसक्न युगकै चरम असफलता भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘राजावादी जो पश्चगामी हुन एक हुने कुरो सुनिन्छ। तर वामपन्थी जो जन्मजात अग्रगामी हुन तिनलाई मिलाउन-जोडाउन सक्ने सुपरग्लु संसारको कुनै कम्पनीले बनाउन नसक्नु पनि एआई युगकै चरम असफलता लागो मलाई त।’

पूर्वमन्त्रफी समेत रहेका उनले अगाडि थपे, ‘अहिले कर्कलोघारी फाँड्न बन्चरो खोज्न पर्दैन। अर्को माघमा घरघरमा नवराज राजा आउँछन्।’

सोमबार पूर्वराजा ज्ञानेन्द्रकै सक्रियतामा संयुक्त जनआन्दोलन समिति गठन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता नवराज सुवेदीको संयोजकत्वमा गठित ११ सदस्यीय समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सदस्य छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖