काठमाडौँ । राष्ट्रिय पंचायतक पूर्वअध्यक्ष एवम् राप्रपाका नेता नवराज सुवेदीकाे संयोजनमा ‘तेस्रो जनआन्दोलन’को घोषणा गरिएको छ ।
राजसंस्था पुनः स्थापनाका लागि ठुला दलहरू छिटो ‘नवीन समझदारी’मा आउनु भन्ने उद्देश्यका साथ ‘तेस्रो आन्दोलन’को सुवेदीको नेतृत्वमा ‘तेस्रो जनआन्दोलन’ घोषणा गरेका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।
भोजन गृहमा भएको भेलाले सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमा अस्मिता भण्डारी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ, पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, रमा सिंह, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्र र हरिबहादुर बस्नेत सदस्य चयन गरेको छ । मिश्र सदस्य सचिव रहेका छन् ।
राप्रपाभित्र अध्यक्ष लिङ्देन र सुवेदीबिच मतभेद बढेको चर्चाबिच समिति गठन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
