• Saturday 31st of October 2026

रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी


  • धनकुटा खबर
  • .

बुटवल । रुपन्देहीको सैनामैनास्थित सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ ।

नेविसंघविरुद्ध संयुक्त प्यानल बनाएका अनेरास्ववियुका विज्ञान पाण्डेले ३१३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेविसंघका मौसम थापाले २५२ मत ल्याएका थिए ।

त्यसैगरी सचिवमा हिमनारायण पौडेल, कोषाध्यक्षमा मेलिना मगर विजयी भएका छन्।

सदस्यहरू पनि यही प्यानलबाट विजयी भएका छन् । सदस्यमा सन्दिका बन्जाडे, अमृत बिक, अमित थारु, आशिका काफ्ले, मयंक कार्की विजयी भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖