मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सोमबार साँझ टोखाबाट बरामद गरिएको २५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको आरोप लगाएका छन्।
उनका अनुसार नेपालबाट दैनिक रूपमा ठूलो परिमाणमा रकम तस्करी भइरहेको छ, जसमा उच्चस्तरीय नेताहरूको संलग्नता रहेको दाबी गरेका छन्।
उनले पछिल्लो पटक बरामद गरिएको रकम माओवादीको रहेको तथा माओवादीसँग सम्बद्ध तिब्बतीहरूद्वारा उक्त तस्करी गरिएको उल्लेख गरेका छन्।
