• Saturday 31st of October 2026

स्ववियु निर्वाचनबारे प्रचण्डले के भने ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक युवा वर्ग भ्रष्टाचार र बेथितिको विरुद्ध देखिएको बताएका छन् ।

उनले भनेका छन्– ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी)को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ। कयौँ क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ। ‘

प्रचण्डले विजयी सबै विद्यार्थीलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖