• Sunday 1st of November 2026

पद्मकन्या क्याम्पसमा स्वतन्त्रको प्यानल नै विजयी


  • धनकुटा खबर
  • .

काठमाडौं : स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके)मा स्वतन्त्रको प्यानल नै विजयी भएको छ।

नेविसंघल्ले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै स्ववियुमा विजयी भएको हो।

अध्यक्षामा ऐरले ७ सय ३० मत पाउँदा नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारले ३७९ मत मात्रै प्राप्त गरेकी हुन् । ऐर स्ववियुको निवर्तमान सचिवसमेत हुन्।

उनी कांग्रेसका महामन्त्री गगन थापा निकट मानिन्छिन्। उनका समूहबाट सचिवमा सन्ध्या बस्याल, कोषाध्यक्षमा संकल्पिका थापा विजयी भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖