• Monday 5th of October 2026

सावित्रा भण्डारीको सम्मानमा सरकारले ‘साम्बा चोक’ बनाउने


  • धनकुटा खबर
  • .

राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा स्थानीय सरकारले ‘साम्बा चोक’ बनाउने भएको छ ।

मस्र्याङदी गाउँपालिका-९ खुदीपुल वारीको चोकलाई राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’को नाममा ‘साम्बा चोक’ राखिने भएको हो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार, चैत ३ गतेको कार्यपालिका बैठकमा सर्वसम्मत रूपमा सावित्राको फोटोसहितको होल्डिङ बोर्ड राखेर चोकको नामाकरण गर्ने निर्णय भएको हो।

“सावित्राले फुटबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएकी छन्, हामी उनका उपलब्धिमा गर्व गर्छौं। त्यसैले उनको सम्मानमा चोकको नाम ‘साम्बा चोक’ राख्न लागिएको हो,” गुरुङले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖