काठमाडौँ । गोरखा भ्रमणबाट काठमाडौँ फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा स्वागत गरिएको छ ।
आइतबार साँझ सामाखुसी चोकमा उनको स्वागत गरिएको हो ।
गोरखाबाट फर्कँदा नुवाकोट शिवपुरी हुँदै काठमाडौँ फर्केका शाहलाई राजावादी समूह शाही युवा शक्ति नेपालका कार्यकर्ताले स्वागत गरेका हुन् ।