• Sunday 29th of November 2026

बर्खास्तीसँगै कुलमानको भ्रष्टाचार काण्डको छानबिन सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं – कुलमान घिसिङलाई बर्खास्तीसँगै उनी संलग्न अर्बौं घोटालाको छानबिन सुरु भएको छ । संसदको सार्वजनिक लेखा समितिले प्रेमबहादुर आलेको संयोजकत्वमा अमनलाल मोदी र श्यामकुमार घिमिरे सदस्य रहेको उपसमिति गठन गरेर कुलमानले नेतृत्व गरेको प्राधिकरणका आयोजनामाथि भएको घोटालाको छानबिन सुरु गरेको हो।

लेखा समितिमा नेपाल विद्युत् प्राधिकरणविरुद्ध ६ वटा उजुरी परेका छन् । विद्युत् प्राधिकरणका विभिन्न आयोजनाबाट गरिएका बोलपत्र एकैप्रकारका भए पनि १ अर्ब रुपैयाँभन्दा कमको प्याकेज बनाई ठेकेदारसँग मिलेमतो गरी फलामजन्य सामग्रीको मूल्य अस्वभाविकरूपमा बढाएर खरिद सम्झौता गरी राज्यलाई अर्बौं रुपैयाँ बराबरको नोक्सानी भएको विषयमा छानविनको माग गर्दै उजुरी परेको थियो ।
हेटौँडा ढल्केबर इनरुवा ४०० केभी विद्युत् प्रसारण लाइन निर्माणमा अनियमितता भएको भन्दै सरिता गिरीले समितिमा उजुरी हालेकी छिन् ।

प्राधिकरणमा सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णयानुसार पुनः मूल्याङ्कन गर्दा साविकको समितिबाट गराउनुपर्नेमा आफ्नो निकटको निर्देशकको संयोजकत्वमा नयाँ मूल्याङ्कन समिति गठन गरी भ्रष्टाचार गरेकोले छानविन गर्नुपर्ने भन्दै रमेशबहादुर स्वाँरको उजुरी समितिमा परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖