• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

आगो लागेको भवनका मालिक भन्छन्-‘प्रहरीको टियर ग्याँसका कारण यस्तो भएको रहेछ’


  • धनकुटा खबर
  • .

काठमाण्डौ । शुक्रबार राजावादी प्रदर्शनकारी र सुरक्षाकर्मीको तारो बनी आगलागीका कारण क्षतिग्रस्त बनेको काठमाण्डौको तीनकुनस्थित भवनका मालिक तथा सञ्चालकले सो घटनामा प्रहरीको कमजोरी रहेको औंल्याएका छन् ।

तीनकुनेमा भीषण आगलागीमा परी क्षतिग्रस्त बनेको भवनका मालिक तथा एक सहकारीका सञ्चालक समेत रहेका प्रेमबहादुर श्रेष्ठले प्रहरीले प्रहार गरेको टियर ग्यासका कारण आगलागी सुरु भएको दाबी गरेका छन् ।

‘मैले प्रहरीले प्रहार गरेको टियर ग्याँसपछि आगो उठेको सुनेको भएर यहाँ आइपुगेको हुँ ।’ प्रहरीको वारुणयन्त्रले आगो नियन्त्रणमा लिइसकेपछि घटनास्थल पुगेका श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने-‘मैले २ करोड ५० लाख रुपैयाँमा केही वर्षअघि मात्र खरीद गरेको घर हो । अब त ध्वस्त बनाइदिएछन्।’

उनले घटनामा आफ्नो ठूलो क्षति भएको भन्दै क्षतिपूर्तिको माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖