• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

पत्रकार जलिरहेको छ भन्दा समेत सुरक्षा निकायले वास्ता गरेन


  • धनकुटा खबर
  • .

काठमाडौं – राजधानीको तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूजका फोटो पत्रकार सुरेश रजकको निधन भएको छ । उक्त घटनामा निधन भएका सुरेश रजकको दोशीलाई कार्बाहीको दायरमा ल्याउन आफुहरु लागीपर्ने एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्कार राज कर्णिकारले बताएका छन् ।

उनले भनेका छन् सुरेश एभिन्युजको पत्रकार मात्र हैन एभिन्जुको परिवार हो दोषीलाई हामी छाडदैनौ । उनले भने सुरक्षा निकाय , काठमाडौका सिडियो सबैतिर फोन गर्दा फोन उठेन कुनै प्रतिक्रिया आएन पछि उहाँले यो कुरा बितिसक्यो भनेपछि तपाइको आवश्यक छैन अब भने यस्तो हुन्छ यसको जवाफ कस्ले दिन्छ जिम्मेवार बन्नुपदैन गलत रिपोटीङका कारण हाम्रो परिवार गुमायौ राज्य जिम्मेवार नबन्दा पत्रकारले ज्यान गुमाउनुपरयो हामी दोषीलाई कुनै हालतमा छाड्दैनौ ।

एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थन प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए, जसका कारण उनी जिउँदै जलेका हुन् । प्रहरीसँग झडपपछि प्रदर्शनकारीहरूले उक्त मार्बल हाउसमा आगजनी गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖